समाजवादीले सरकार छाड्दैमा केही फरक पर्दैन: गोकुल बास्कोटा

सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले सपनामा कसले के देख्यो, त्यो पूरा गर्दै जान नसकिने बताएका छन्। ए अन्तर्वार्तामा उनले सरकारसँग स्पष्ट बहुमत भएकाले समाजवादीले सरकार छाड्दैमा केही फरक नपर्ने बताए।

तपाईंले कांग्रेसबाहेक सबै दललाई सरकारमा सहभागी गराउँछौँ भन्नुभएको थियो, अहिले सरकारमै भएको समाजवादी पार्टी पनि बाहिरियो निरु भन्ने प्रश्नमा उनले कांग्रेसबाहेक सबै दललाई सहभागी गराउँछौँ भनेर नभनेको बताए । उनले भने ‘संवैधानिक व्यवस्थाअनुसार एउटा प्रतिपक्ष चाहिन्छ । मैले जसलाई प्रतिपक्षमा बस्न मन छ, त्यसबाहेक सबैलाई सरकारमा आउन ढोका खुला छ भनेको थिएँ।’



उनले भने ‘उपेन्द्र यादवजी नेतृत्वको पार्टी कम्युनिस्ट थिएन । नेकपाको सहयोगीका रूपमा सरकारमा आएको थियो, त्यो फरक पार्टी थियो । सरकारलाई असहज किन हुने ? सरकारले बहुमत गुमाएको छ र ? दुईतिहाइ बहुमत नभई सरकार बन्दैन भनेर संविधानको कुनै धारामा लेखेको छैन । सरकारसँग साधारण बहुमत छँदै छ।’

सम्बन्धित समाचार