संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले उपराष्ट्रपति नन्दबहादुर पुनलाई नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा सहभागिताका लागि निमन्त्रणा दिएका छन् । पर्यटनमन्त्री भट्टराईले आज उपराष्ट्रपति कार्यालयमा पुगेर भ्रमण वर्षको निमन्त्रणा दिएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।
पर्यटनमन्त्रीका साथ मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, भ्रमण वर्ष सचिवालयका सदस्यसचिव बच्छुनारायण श्रेष्ठलगायत उपराष्ट्रपति कार्यालयमा पुगेका थिए । भ्रमण वर्षको उद्घाटन सन् २०२० जनवरी १ तारिखका दिन पुस १६ गते दशरथ रङ्गशालामा भव्य समारोहका बीच हुँदैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नेछन् भने सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।