पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमा विवादलाई लिएर फेरि मुख खोलेका छन् । उनले नेपालको एक इन्च भूमि पनि अरुलाई मिच्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । हात्ती महोत्सव उद्घाटन गर्न चितवन पुगेका अध्यक्ष दाहालले कसैको भूमि नमिच्ने र मिचिएको भूमिपनि फिर्ता गरेरै छाड्ने बताएका छन् ।
नेपालले आफ्नै पहिचान, राष्ट्रियता, राष्ट्रिय अखण्डता तथा सार्वभौभ भएको उल्लेख गर्दै नेपालीहरू राष्ट्रियता, भौगोलिक अखण्डताका पक्षमा एकजुट हुनुपर्ने उल्लेख गरे । नेपालीहरू अवसरको सङ्घारमा रहेको बताउँदै अबको दशक विकासको दशकमा बदल्नुपर्नेमा उहाँले जोड दिए । भिजिट नेपाल २०२० नजिकिँदै गरेको अवसरमा अहिले तुलनात्मकरूपमा विश्वभर राम्रो सन्देश गएको पनि उनले स्पष्ट पारे ।