सरकारबाट बाहिरिएको समाजवादी पार्टीले सरकारविरुद्ध मोर्चा बनाएर लड्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन् । यस विषयमा समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई र सहअध्यक्ष राजेन्द्र श्रेष्ठले देउवालाई भेटेको स्रोतको दाबी छ । देउवा निवास बुढानिलकण्ठमै पुगेका उनीहरूले करिव तीन घण्टा छफल गरेको स्रोतले दाबी गरेको छ ।
सरकार छाडेलगत्तै सरकार र प्रधानमन्त्री केपी शर्मा ओली ओली बिरुद्ध आन्दोलन चर्काउने घोषणा गरेको समाजवादी पार्टीले गृहकार्य सुरू गरेको स्रोतले बताएको छ । संविधान संशोधनका लागि विज्ञ समूह बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्न नदिएको भन्दै प्रधानमन्त्री ओलीसँग समाजवादी नेतृत्व क्रुद्ध बनेको छ ।
सरकारले गरेका गलत कामको बारेमा लाम समय छलफल गरेर उनीहरूले सडक र सदनमा चर्काउने बिषयको खाका तयार गरेको पनि स्रोतले जानकारी दिएको छ । स्रोतले भन्यो ‘देउवा निवासमै सरकारबिरुद्ध एक भएर लड्ने र सडक सदन तताउने खाका तयार भएको छ ।’
संविधान संशोधनका विषयमा कुरा नमिल्दा समाजवादी पार्टीका तर्फबाट सरकामा सहभागी उपप्रधान तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादव र शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले पुस ८ गते राजीनामा दिएका थिए।
सरकार छाडेको भोलिपल्टै समाजवादीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो। सरकारबाट बहिर्गमन गरेलगत्तै समाजवादीले सरकारविरुद्ध मिलेर जान कांग्रेसको साथ खोजेका हुन्।