सामाजिक सञ्जाल प्रयोग गरी कुनै पनि सरकार तथा संघसंस्थाको मानहानी हुने गरी जिस्क्याउने, झुक्याउने, होच्याउने र हतोत्साही गर्ने खालनका गतिविधि गरे १५ लाख रुपैयाँ जरिमाना हुने भएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सूचना प्रविधिसम्बन्धी विधेयकमा यस्तो विषय समेटेर पारित गरेको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदले विरोध गरे पनि समितिले बहु्मतसहित आइतवार विधेयक पारित गरेको समाचार राजधानी दैनिकमा छ । विधेयकमा सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई निरन्तर जिस्क्याउने, झुक्याउने, होच्याउन र हतोत्साही गर्ने खालको विषय लेखिएको खण्डमा पाँँच वर्ष जेल वा १५ लाख रुपैयाँ जरिमाना वा दुवै सजाय हुन सक्ने प्रावधान छ ।