सदूरपश्चिममा पानी पर्यो, दिउँसो पश्चिमी क्षेत्रमा पर्ने

पश्चिमी न्यून चापिय प्रणालीका कारण देशका अधिकांस स्थानको मौसम बदली भइरहेको छ। सुदूरपश्चिम क्षेत्रमा अहिले हल्का पानी परीरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम खालको हिमपात समेत परेको महाशाखाकी मौसमबीद् मन्जु बासीले जानकारी दिइन् । उनका अनुसार आज दिउँसो र साँझ देशका पश्चिमी क्षेत्रमा न्युन चापिय प्रणालीको असर बढी देखिन्छ ।



मध्य क्षेत्रमा पनि आज यस प्रणालीको सामान्य असर देखिन्छ। काठमाडौं उपत्यकासहित अधिकांश मध्य क्षेत्रको मौसम आज आंशिक देखि सामान्य बदली हुनेछ। काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज विहान ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार