नेकपा सचिवालय बैठक शुरू,राष्ट्रिय सभाका उम्मेदवार तय गर्ने

राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारहरु तय गर्न नेपाल कम्यूनिस्ट पार्टी (नेकपा)काे सचिवालय बैठक शुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको बैठकले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार तय गर्ने बताइएको छ ।

हिजो बसेको सचिवालय बैठकले उम्मेदवारको टुंगो लगाउन नसकेपछि सचिवालय बैठक आज बोलाइएको हो । बैठकमा सचिवालय सदस्यहरुले आफ्ना आफ्ना नाम ल्याएपछि बैठकले उम्मेदवार तय गर्न सकेको थिएन।



उम्मेदवारका लागि निश्चित मापदण्ड तय गर्न समेत सचिवालय सदस्यहरुले माग गरेका छन् । माघ ९ गते हुने निर्वाचनका लागि पुस २० गतेसम्म उमेदवारी दिनुपर्ने निर्वाचन कार्यतालिका रहेको छ।

१८ स्थानका लागि राष्ट्रिय सभा निर्वाचन हुँदैछ। प्रदेश २ मा राजपासँग चुनावी तालमेल गरेको नेकपाले उसलाई २ स्थान छोडिसकेको छ। अब नेकपाले १६ उमेदवारको नाम तय गर्नुपर्ने हुन्छ। राष्ट्रिय सभा निर्वाचनमा नेकपाकै मतभार सबैभन्दा बढी छ।

सम्बन्धित समाचार