समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले फरक मत नराखी अमेरिकी सरकारसँगको सम्झौता मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)को अनुदान सहयोग लिनु पर्ने बताएका छन् । उनले नेपालको विकासका लागि आउन लागेको अनुदान सहयोगमा राजनीतिक दल विभाजित हुन नहुने बताए ।
उनले भने, ‘यो अनुदान सहयोग हो । विकाससँग जोडिएको र नेपालको हीतका लागि आउने सहयोग भएकाले यसमा विभाजन किन ?’ अध्यक्ष यादवले एमसीसी जसरी पनि संसदबाट अनुमोदन गरेर कार्यान्वयन गर्नुपर्ने बताए ।
‘सरकार यो वा त्यो भन्ने हाम्रो आन्तरिक विषय हो । तर बाह्य देशसँगको सम्वन्ध र विकासको सवालमा ख्याल ठट्टा गर्नु हुदैन । यस्ता विषयमा सबैको एक मत चाहिन्छ ।’
समाजवादी पार्टी एमसीसी अन्तर्गतको अनुदान सहयोग चाडो भन्दा चाडो संसदवाट अनुमोदनको पक्षमा रहेको उनले बताए । यो सम्झौता दुई देशबीचको सम्बन्धको कुरा रहेकाले सबै गम्भीर हुनुपर्ने यादवको जोड छ।