पक्राउ परेका १ सय २२ चिनियाँको राहदानी रद्द

चिनियाँ दूतावासले १ सय २२ चिनियाँको राहदानी रद्द गर्ने भएको हो । भिसा दुरुपयोग गरी शंकास्पद गतिविधिमा संलग्नको आरोपमा उनीहरू काठमाडौंबाट पक्राउ परेका थिए ।

उनीहरूका राहदानी एकमुष्ठ रद्द गरी नयाँ ट्राभल डकुमेन्ट जारी गर्ने तयारी दूतावासले गरेको हो ।



पक्राउ चिनियाँ नागरिकको कसुर पुष्टि नभएपछि अभद्र व्यवहारमा जनही १ हजार रुपैयाँ जरिवाना गरिएको छ, भन्ने समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

सम्बन्धित समाचार