रोकियो पाइपलाइनबाट तेल आउन

मोतीहारी-रक्सौल-अमलेखगञ्ज पाइपलाइनबाट ११ दिनदेखि तेल आउने क्रम रोकिएको छ । युरो ६ मापदण्डमा डिजेलको स्तरोन्नतिको काम भइरहेकोले पाइपलाइनबाट तेल आउने क्रम रोकिएको नेपाल आयल निगम अमलेखगञ्ज डिपोका प्रमुख प्रदिप यादवले बताए ।

‘भारतले युरो ६ मापदण्डको डिजेल पठाउने तयारी गरेकाले त्यसको व्यवस्थापनको लागि तेल रोकेको हो,’ उनले भने, ‘भोलिदेखि पठाउँछु भनेको छ ।’



पाइपलाइनमा युरो ६ डिजेलका लागि केही फिल्टर थप गरिएको उनले जानकारी दिए । हाल नेपालबाट गएका ट्याङ्करले बरौनीबाट तेल ल्याएका छन् । अप्रिलबाट युरो ६ को तेल पठाउने भारतिय आयल निगमको तयारी छ ।

सम्बन्धित समाचार