अर्थमन्त्री खतिवडा मन्त्रीबाट हट्ने, नारायणकाजी नयाँ अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडा पदबाट हट्ने भएका छन् । राष्ट्रियसभाको म्याद सकिएकोले उनी हट्ने भएका हुन् । नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रियसभाका कार्यकाल सकिएका कुनै पनि सांसदलाई पुनः नदोहोर्याए पनि राष्ट्रिय सभाको कार्यकाल सकिएलगत्तै खतिवडा स्वतः मन्त्री पदबाट पनि हट्नेछन् ।

डा. युवराज खतिवडा सरकारको सिफारिशमा राष्ट्रपतिको तर्फबाट मनोनय भएका थिए । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले गण्डकी प्रदेशबाट राष्ट्रियसभामा उम्मेदवारी दिएका छन् । स्रोतका अनुसार अध्यक्षद्धयबीच श्रेष्ठलाई अर्थमन्त्री बनाउने सहमति भएको छ ।



सभामुखमा सुवास नेम्माङलाई स्वीकार्ने शर्तमा श्रेष्ठलाई अर्थमन्त्री बनाउन ओली तयार भएका हुन् । सभामुखमा दाबी गर्दै आएका अग्नी सापकोटा र डा. शिवमाया तुम्वाहाम्फेलाई मन्त्री बनाउन पनि दुबै अध्यक्ष सहमत भएका छन् ।

सम्बन्धित समाचार