मौसम पूर्वानुमानः २ दिनसम्म वर्षा र हिमपात

पश्चिमी वायुका कारण मौसम बदली हुँदा आज नेपालका पश्चिमी क्षेत्र र भोलि राजधानी काठमाडौंलगायतका क्षेत्रमा पानी पर्ने पूर्वानुमान गरिएको छ । इरान र अफगानिस्तान हुँदै जम्मु–कश्मीरमा विकसित भएर नेपाल छिरेको यो चिसो वायुले आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ समेत पार्नेछ ।

पश्चिमी वायु अहिले सुदुरपश्चिम क्षेत्रबाट पूर्वतर्फ सरिरहेको छ । यसैकारण आज पश्चिम क्षेत्रको मौसम पुरै बदली हुने र पूर्वमा पनि घाम–छायाँको अवस्था हुने मौसमविद्हरुले जानकारी दिएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार आज मध्य र पूर्वी क्षेत्रका केही स्थानमा बर्षा समेत हुनेछ ।



भोलि बुधवार भने काठमाडौंसहित मध्य र पूर्वी क्षेत्रमा पनि पानी पर्ने पूर्वानुमान गरिएको छ । शुक्रवारसम्म सक्रिय रहने यो मौसम प्रणालीले पानी र हिउँ पर्ने तथा चिसो अत्याधिक बढाउनेछ । पश्चिमी निम्‍नचापीय प्रणाली भित्रिएसँगै वर्षा र हिमपातको संभावना रहेको र यसकै कारण देशभर जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपाय अपनाउन विभागले अनुरोध गरेको छ।

सम्बन्धित समाचार