दुनियाँ बदल्न हिँडेका कमरेडहरु ‘राम्री’ च्याप्दै कुलेलम

दुनियाँ बदल्न हिँडेका मान्छेहरु नै यसरी बदलिए कि, सुन्दा पनि घृणा लाग्ने । निर्धालाई लाग्ने कानुन शक्तिको आवरणमा ढाकिएका ती मानिसहरुको हकमा लागू नहुँदा अहिले थुप्रै चेली प्रताडित जीवन विताउन बाध्य छन्।

शुरु गरौँ, नेकपा अध्यक्ष प्रचण्डकै निवासबाट । उनका प्रमुख स्कीय सचिव हुन्, जोखबहादुर महरा।



आफैँमा सरल, सचेत र निष्ठावान राजनीतिक व्यक्ति। तर, उनैका छोराहरुले पत्नीलाई सडकतिरै बिचल्ली पारेर ‘राम्री’ च्याप्दै तमाशा गरेका छन्। जोखबहादुरका दुई छोरामध्ये जेठा हुन्, रत्न । म्याग्दीको बेनी आक्रमणमा एउटा खुट्टा गुमाएपछि उनलाई सीता शाहसँग दाम्पत्य जीवन बिताइरहन मन लागेन र अर्कीसँग दिल बसेपछि पत्नीलाई बिचल्ली बनाए ।

अहिले सीता राष्ट्रिय खेलकुद परिषद्मा जागिरे छिन् । कान्छा छोरा हन्, तुकमान। उनले १४ वर्षकै उमेरदेखि जनयुद्धमा लागेकी पत्रकार मनिषा श्रेष्ठसँग विवाह गरेका थिए । एकीकरणअघि अखिल क्रान्तिकारीका उपमहासचिव। तर, एकीकरणपछि बनेको अनेरास्ववियुमा तुकमान कतै राखिएनन् ।

कारण हो, जेठी पत्नी मनिषा र दुई सन्तानलाई बिचल्लीमा पारेर कान्छी तामाङ्नीबाट बच्चा जन्माउनु, र परिवारसँग सम्पर्कविहीन हुनु । जनयुद्ध कालमा पाँचौँ डिभिजन कमाण्डर थिए सुनिल थापा। उनका छोरा विजयले पनि पहिलो पत्नीबाट सन्तान जन्माएपछि अर्कीसँग घरजम गरे ।

उपराष्ट्रपति, सभामुख, अनेकथान मन्त्रीको जिल्ला हो, रोल्पा। त्यही जिल्लाको एउटा गाउँपालिकाका अध्यक्ष हुन्, गुणिन्द्र घर्ती । उनका पनि दुई पत्नी छन् । बहुविवाहमा पार्टीबाट एक वर्ष निलम्बन भएका थिए । फुकुवापछि गाउँपालिका अध्यक्ष जिते ।

मणिराम बुढाथोकी गाउँपालिका पार्टी कमिटीका अध्यक्ष हुन् । उनकी त झन् तीन चारवटी पत्नी ।

रोशनी शाहीसँगको सम्बन्धको कारण पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेपछि काठमाडौँ आउँदा ‘हामीले गल्ती गर्यौं भनेको त ठिकै पो गरेका रहेछौँ’ भन्दै हाँसिरहेका थिए । यो खबर आज बुधबार प्रकाशित भएको जनआस्था साप्ताहिकले छापेको छ ।

सम्बन्धित समाचार