इरान र इराकमा रहेका नेपालीलाई सम्पर्कमा आउन दूतावासको आग्रह

पाकिस्तानस्थित नेपाल दूतावासले इरान र इराकमा रहेका नेपालीहरुलाई दूतावासको सम्पर्कमा आउन आग्रह गरेको छ । इरानले अमेरिकी सैनिक रहेको दुई अड्डाहरूमा लक्षित गर्दै एक दर्जन भन्दा बढी क्षेप्यास्त्र आक्रमण गरेको थियो ।

त्यसपछि सुरक्षाको कारण देखाउँदै दूतावासले इरान र इराकमा रहेका नेपालीलाई तत्काल दूतावासको सम्पर्कमा आउन अपिल गरेको छ । दूतावासले नेपालीहरुका लागि दूतावासको टेलिफोन नम्बर २४ घन्टा खुल्ला राख्ने पनि जनाएको छ ।



इरान र इराकमा रहेका नेपाली सूरक्षीत रहेको दूतावासले जनाएको छ । हालसम्म कुनै पनि समस्या नआएको दूतावासले जनाएको छ ।

यस्तै, परराष्ट्र मन्त्रालयले मध्यपुर्व देश र खाडीका देशमा रहेका नेपाली दूतावासलाई २४ घन्टा सम्पर्कमा रहन निर्देशन दिएको छ । त्यहाँ समस्या आए उद्धारका लागि तत्काल खटनुपर्ने भएकाले तयारी अवस्थामा बस्न मन्त्रालयले दूतावासलाई निर्देशन दिएको छ ।

इरान र इराकमा करिब ४० हजार नेपाली रहेको सरकारी अनुमान छ । मभ्यपुर्व र खाडीका देशमा १७ लाखभन्दा धेरै नेपाली रहेको सरकारी अनुमान छ ।

सम्बन्धित समाचार