सिटी एक्सप्रेसको ‘न यति न उति सिधै लखपति’ योजना अन्तर्गत जागेश्वर भुस्कुलिया यादवले दश लाख रुपैयाँ उपहार पाएका छन । साउदी अरबमा कार्यरत उनले अरब नेशनल बैंक टेलिमनीबाट पैसा पठाई बम्पर उपहार १० लाख रुपैयाँ उपहार जितेका हुन । सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा एक समारोहबीच सिटी एक्सप्रेसको प्रबन्ध निर्देशक चन्द्र टण्डनद्वारा सिस्टममा आधारित लक्की ड्र मार्फत उक्त विजेता घोषणा गरिएको हो ।
यस उपहार योजना अवधिभर हाल सम्म दैनिक उपहार योजना अन्तर्गत ९०० जनाले रु २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा १२ जना विजेताले रु १० हजार नगद र ३ जनाले १ लाख नगद प्राप्त गरिसकेका छन् ।
ती सबै उपहारहरु विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो । सिटी एक्सप्रेसको लखपति एक्सप्रेस २०७६ ‘न यति न उति सिधै लखपति’ उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक रु २०० को मोबाइल टप अप १२ जनालाई, त्यसैगरी साप्ताहिक रुपमा रु १० हजार तीन जनालाई र हरेक महिना लक्की ड्र मा विजयी हुने एक जनाले रु १ लाख र अन्त्यमा एक जना भाग्यशाली विजेताले रु १० लाख बम्पर उपहार प्राप्त गर्ने प्रावधान राखिएको थियो ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो उपभोक्ताहरुका लागि दसै, तिहार र छठलाई लक्षित गर्दै यस लखपति एक्सप्रेस योजनाको आयोजना गरेको थियो ।
यो योजना असोज १ गते देखि मंसिर ३० गते सम्म चलेको थियो । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी भएका थिए ।