प्रदेश ३ : नेकपाले बोलायो संसदीय दलको बैठक,सांसदहरुलाई ह्‍वीप जारी गर्ने

प्रदेश ३ को राजधानी तोक्ने विषयमा विवाद चर्किएपछि नेकपाले आफ्ना सांसदहरुलाई ह्वीप जारी गर्न संसदीय दलको बैठक बोलाएको छ। हेटौंडामा केही बेरअघिबाट नेकपा प्रदेश ३ संसदीय दलको बैठक शुरू भएको छ । प्रदेशको राजधानी हेटौँडा कायम गर्न नेकपाले आफ्ना सांसदलाई ह्वीप जारी गर्न लागेको हो ।

हेटौंडाको पक्षमा भन्दा विपक्षमा धेरे सांसदहरु उभिएपछि नेकपाले ह्वीप जारी गर्न लागेको हो । नेकपाले संसदमा हुने मतदानका क्रममा अनिवार्य प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमतीको पक्षमा उभिन निर्देशन दिने भएको छ ।



नेकपाले हेटौंडा र बागमतीको पक्षमा नउभिइ फ्लोर क्रस गरेमा सांसदहरुमाथि कारवाहीको चेतावनी दिइसकेको छ । नेकपाका केन्द्रीय अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाले दुई पटकसम्म हेटौंडाको पक्षमा उभिन निर्देशन दिइसकेका छन्।

सम्बन्धित समाचार