उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफूले पदबाट राजीनामा नदिने बताएकी छिन् । शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सभामुख तुम्बाहाङ्फेलाई उपसभामुखबाट राजीनामा गर्न लगाउने निर्णय गरेको थियो ।
सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो पार्टीबाट निर्वाचित उपसभामुखलाई राजनीनामा गर्न लगाउने निर्णय भएको बताएका थिए ।
निर्णय सार्वजनिक भएसँगै उपसभामुख तुम्बाहाङ्फेले आफूले पदबाट राजीनामा नदिने बताएकी हुन् । ‘मैले किन दिने राजीनामा ?’ उपसभामुख तुम्बाहाङ्फेले भनिन्,‘सभामुखका लागि म योग्य छु ।’
नेकपाको सचिवालय बैठकले उपसभामुखलाई राजीनामा गराएर सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको भएपनि कसलाई सभामुख बनाउने भन्ने निर्णय भने नगरेको प्रवक्ता श्रेष्ठले बताए । सभामुख उम्मेदवार को हो भन्ने प्रश्नमा श्रेष्ठले भने, ‘त्यो आउँछ नि ! पहिला उपसभामुखको राजीनामा आउनुपर्यो।’