यस्तो छ, आजको मौसम पूर्वानुमान

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नभएकाले देशभरको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकासहितका क्षेत्रको मौसम सामान्यतया सफा रहे पनि तराईका क्षेत्रमा हुस्सु तथा कुहिरो लाग्ने महाशाखाले जनाएको छ ।



नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभए पनि स्थानीय वायुको प्रभावले केही क्षेत्रमा आंशिक बदली तथा तराईका क्षेत्रमा हुस्सु तथा कुहिरो लागेको हो ।

विशेष गरी मध्य तथा पश्चिमका तराई क्षेत्रमा कुहिरो तथा हुस्सु लागेको छ । पहाडी क्षेत्रमा आंशिक बदली भएको छ । आइतवार दिउँसो पहाडी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ । तर तराईमा भने हुस्सु र कुहिरो रहने छ । राति भने देशभर नै मौसम सफा रहने जनाइएको छ ।

सम्बन्धित समाचार