महरा काण्ड: अदालतले किन बोलायो सबैलाई ?

जबर्जस्ती करणी उद्योग मुद्दामा पुर्पक्षका लागि थुनामा राखिएका पूर्वसभामुख कृष्णबहादुर महराको अन्तिम सुनुवाइ शुरु भएको छ । काठमाडौं जिल्ला अदालतमा आइतवार भएको सुनुवाइपछि सरकारी साक्षीलाई वकपत्रका लागि उपस्थित हुन आदेश भएको छ ।

संसद् सचिवलायकी कर्मचारीमाथि जबर्जस्ती प्रयास गरेको अभियोगसहित सरकारी वकिलले महरालाई ७ वर्षसम्म कैद सजाय र पीडितलाई क्षतिपूर्तिको मागसहित अदालतमा मुद्दा चलाएको छ ।



जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले घटना भएको दिन गत असोज १२ गते रोशनी शाहीको डेरामा महरासँग पुगेका प्रहरी, महानगरीय प्रहरी बानेश्वर वृत्तका प्रहरी, विधि विज्ञान प्रयोगशालाका विज्ञ र पीडितको उपचारमा संलग्न चिकित्सकलाई सरकारी साक्षीका रुपमा बकपत्रका लागि डाकेको हो ।

उनीहरुले साक्षी बकपत्र गरेपछि महराका साक्षीहरुको बकपत्र हुनेछ, भन्ने समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ।

सम्बन्धित समाचार