दिलिप महतोको परिवारलाई ५ लाख राहत दिने प्रदेश सरकारको निर्णय

मिथिला नगरपालिका ५ श्रीपुर धनुषाका २४ वर्षीय दिलिप महतोको परिवारलाई प्रदेश २ सरकारले ५ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । सोमवार बसेको प्रदेश नम्बर २ को मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

गत शुक्रवार धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं. ५ श्रीपुरस्थित औरही खोलामा दिलिप कुमार महतोको टिपरले किचेर हत्या गरिएको थियो।



टिप्परले किचेर महतोको हत्या गरिएको भनेर स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन् । हत्या अभियोगमा धनुषा प्रहरीले क्रसर सञ्चालक २७ वर्षीय विपीन महतो, ३४ वर्षीय मुनिन्द्र महतो, २४ वर्षीय जितेन्द्र कुमार महतो र २७ वर्षीय रोशन साहलाई पक्राउ गरेको छ ।

सम्बन्धित समाचार