पूर्वप्रधानमन्त्रीहरुले राखे कार्यविधि मिचेर ठूलो संख्यामा सुरक्षाकर्मी, कोसँग कति सुरक्षाकर्मी ?

सुरक्षा निकायमा सुरक्षाकर्मीको संख्या अपुग भइरहेका बेला पूर्वप्रधानमन्त्रीहरुले भने ब्यक्तिगत सुरक्षाका लागि निजी निवासमा सरकारी कार्यविधीले तोकेभन्दा बढी सुरक्षाकर्मी राख्दै आएका छन् । पूर्वप्रधानमन्त्रीहरुले नैतिकता प्रदर्शन गर्नुपर्नेमा उल्टै कार्यविधी मिचेका हुन् ।

गृह मन्त्रालयले बनाएको कार्यविधि अनुसार पूर्वप्रधानमन्त्रीहरुलाई नौ जनासम्म सुरक्षाकर्मी दिने ब्यवस्था छ । तर, पूर्वप्रधानमन्त्रीहरुले ब्यक्तिगत सुरक्षाका लागि कार्यविधि नाघेर सुरक्षाकर्मी राख्दै आए पनि गृह मन्त्रालयले ती सुरक्षाकर्मीलाई फिर्ता गर्न सकेको छैन्। प्रहरीका निकायमा पनि ती सुरक्षाकर्मी फिर्ता गराउन असफल हुँदै आएका छन् ।



कसका निवासमा कति सुरक्षाकर्मी ?
पुष्पकमल दाहाल – ७७ जना
शेर बहादुर देउवा – ३८ जना
झलनाथ खनाल – १९ जना
माधवकुमार नेपाल – १७ जना
डा बाबुराम भट्टराई – ११ जना
खिलराज रेग्मी – १० जना
लोकेन्द्र बहादुर चन्द – १२ जना

सम्बन्धित समाचार