नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ पुष ।
मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कटारी–५, भुल्केमा झुप्रोमा अति दयनीय अवस्थामा रहेकी २८ बर्षीय सुत्केरी चमेली तामाङलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ ।
चमेलीको श्रीमान सुस्त मनस्थितिका छन् । उनीहरूका सन्तानका रूपमा दुई बर्षीया छोरी र काखमा भर्खर जन्मिएको छोरा छन् । ओढ्ने, ओछ्याउने तथा खाद्यान्न केही नभई पुसको चिसोमा भोक–भोकै झुप्रोमा रहेकी चमेलीलाई बैंकले ओढ्ने, ओछ्याउने तथा खाद्यान्न सहयोग गरेको हो ।
उक्त सहयोगमा सामग्रीहरु बैंकको कटारी शाखाका प्रमुख विपिनकिशोर श्रेष्ठले हालै हस्तान्तरण गरेका बैंकबाट वितरित विज्ञप्तिमा उल्लेख छ ।