सत्तारुढ नेकपा सचिवालयको निर्णयलाई चुनौती दिँदै उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिन अस्वीकार गरेपछि नेकपाभित्र सम्भावित अर्को कदमबारे छलफल शुरु भएको छ । राष्ट्रपति र प्रधानमन्त्रीकै ‘भरोसा’ मा उपसभामुखले राजीनामा दिन अस्वीकार गरेको निष्कर्षमा पुगेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले विकल्पमाथि छलफल गरेका छन् ।
तुम्बाहाङफेको अडानले नेकपाले सभामुख गुमाउने स्थिति आउन सक्ने आँकलनसहित विभिन्न विकल्पबाट अघि बढ्ने विषयमा केन्द्रित रहेर प्रचण्ड र नेपालले छलफल गरेका हुन् । पार्टी निर्णयलाई उपसभामुख तुम्बाहाङफेले अवज्ञा गरेपछि प्रचण्ड र नेपालले आइतव्ँरबाटै जटिलता समाधानमा केन्द्रित रहेर छलफल थालेका थिए ।
अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली तुम्बाहाङफेको अडानमा मौन बसेकाले समस्या जटिल बनेको उनीहरूको बुझाइ छ । बानेश्वरको एक होटेलमा आइतबार दिउँसो भएको भेटर्वार्तामा प्रचण्ड र नेपालले सचिवालयको पछिल्लो निर्णय कार्यान्वयनमा देखिएको जटिलतामा केन्द्रित रहेर छलफल गरेका थिए ।