सुनसरीको वराहक्षेत्र नगरपालिका १ दुधपानी खोलाको बगरमा एक जना महिलाको शव भेटिएको छ । चतरा रामपुर सडकखण्डबाट करिब पाँच सय मिटर उत्तर जंगलमा टाउको काटिएको अवस्थामा अन्दाजी ३५/३६ वर्षीया महिलाको शव भेटिएको हो।
मंगलबार दिउँसो स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव नजिकै स्ट्याम प्याड, कपडा, लेडिज ब्याग र चक्कु भेटिएको प्रहरीले जनाएको छ ।
महिलाको अनुहार नचिनिने अवस्थामा रहेकाले शवको पहिचान हुन सेकेको छैन । घटनाबारे थप अनसुन्धान भैइरहेको प्रहरीले जनाएको छ ।