प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बालुवाटारमा रहेको ललिता निवासको ११५ रोपनी जग्गा कब्जाको घोषणा गरेको छ । सो पार्टीले कब्जा भएको जग्गा हाललाई पार्टी मातहत ल्याइएको पनि जनाएको छ ।
साथै बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने योजनाको मुख्य योजनाकार भएकाले ढकालको घरमा सेवोटेज गरिएको विप्लव समूहले जनाएको छ ।
एक सूचना जारी गर्दै सो पार्टीले उक्त जग्गामा कुनै व्याक्ति वा संघ संस्थाले कुनैपनि कारोवार गरेमा हदैसम्मको कारवाहि गरिने पनि जनाएको छ ।