अदालतले पक्राउ गर्न अनुमति दिए लगत्तै दुर्गा प्रसाईं फरार

बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ । अनुसन्धानका लागि प्रसाईंलाई पक्राउ गर्न अदालतले अनुमति दिएको हो । जिल्ला अदालत भक्तपुरले आज प्रसाईंलाई पक्राउ गर्न अनुमति दिए लगत्तै उनी फरार छन् ।

मेडिकल कलेजको सम्बन्धन दिनका लागि २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए ।



अदालतको अनुमति लगत्तै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेपनि उनी भने नभेटिएको प्रहरीले जनाएको छ । केहि दिन अघि पत्रकार सम्मेलन गरेर प्रसाईले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन आयोगका उपाध्यक्ष गिरीले माफूसँग घुस मागेको आरोप लगाएका थिए ।

सम्बन्धित समाचार