‘तुम्बाहाङ्फेले राजीनामा नदिएसम्म नेकपाले सभामुखको दाबी गर्नु अस्वाभाविक’

नेपाल कम्युनिष्ट पार्टीका नेता हरिबोल गजुरेलले उपसभामुख शिवमाया तुम्वाहाङ्फेले राजीनामा नदिएसम्म नेकपाले सभामुखको दाबी गर्नु अस्वाभाविक भएको बताएका छन् । बिहीवार रिपोटर्स क्लव नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता गजुरेलले सो कुरा बताएका हुन् ।

‘उपसभामुखले राजीनामा नदिसम्म नेकपाले सभामुखको उम्मेदवार घोषणा गर्न मिल्दैन ।’ उनले अगाडि भने ‘त्यसैले पहिला उपसभामुदखले राजीनामा दिनु पर्छ । त्यसपछि मात्र पार्टीले कसलाई सभामुख बनाउने भन्ने कुरा निर्णय गर्छ ।’ उपसभामुखको राजीनामा नभई नेकपाले सभामुखको उम्मेदवार घोषणा गरे नेकपाले नै सभामुख र उपसभामुख दुबै लिन खोजेको भन्ने आरोप लाग्ने उनको भनाई थियो । उनले नेकपमा सभामुखमा उम्मेद्वारको दावेदार धेरै भए पनि पहिले पनि सभामुख पूर्व माओवादी नै भएकोले अहिले पनि पूर्व माओवादीले नै पाउनु पर्ने बताए ।



संविधान कार्यन्वयन, स्थिर सरकार र कम्युनिष्ट पार्टीहरू एक हुन् भन्ने जनचाहानालाई मूर्त रूप दिनका लागि पार्टी एकता भएको भन्दै नेता गजुरेलले एउटा असहज स्थितिमा दुई कम्युनिष्ट पार्टी एकता भएकोले अहिले नेकपाभित्र भइरहेको विवाद कुनै नयाँ नभएको बताए । साथै, उनले नेकपामा दुई अध्यक्ष हुने र आलोपालो प्रधानमन्त्री बन्ने कुरा पनि सहज परिस्थितीमा नभएको बताए ।

सम्बन्धित समाचार