सभामुख चयनको निर्णयक छलफल गर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। बालुवाटार स्रोतका अनुसार प्रचण्ड ९:३० मा बालुवाटार प्रवेश गरेका हुन्।
५ दिनको संवादहिनता तोड्दै प्रधानमन्त्री ओली र प्रचण्डले बिहीवार छलफल गरेका थिए। उक्त छलफल सकारात्मक भएपछि आज निर्णयक छलफल हुन लागेको हो। प्रचण्डले अडान नछोडेपछि ओली लचक हुने संकेत देखिएको स्रोतले जानकारी दिएको छ।
आजको छलफलले नेकपाभित्र अबको सभामुख को भन्नेमा निर्णय आउन सक्ने सम्भावना छ। पूर्व माओवादीलाई नै सभामुख दिन ओली लचक बनेकोले आजको भेटमा सभामुखमा सहमति हुने अपेक्षा गरिएको छ ।