अन्नपूर्ण क्षेत्रबाट दुई सय बढीको उद्धार, ७ जनाको अवस्था अझै अज्ञात

सगरमाथा आधार शिविर र माछापुच्छ्रे आधार शिविरबाट २०० भन्दा बढी पर्यटक र गाइडहरुलाई उद्धार गरिएको छ । उनीहरुको उद्धारका लागि चार वटा हेलिकप्टर प्रयोग गरिएको थियो । ती दुई हिमालको आधार शिविर पुग्ने बाटो देउराली भन्ने स्थानमा हिम पहिरो जाँदा पर्यटक र गाइड फसेका थिए ।

पर्यटन विभागकी निर्देशक निरा आचार्यले वर्षा र हिमपातमा फसेकाहरुको उद्धार गरिएको जानकारी दिइन् । तर हालसम्म अन्नपुर्ण सर्किटको देउराली आसपासमा ४ जना कोरियाली पर्यटक सहित ३ नेपाली सम्पर्कमा आउन नसकेको उनको भनाइ छ ।



सम्पर्क विहीन रहेका नेपालीहरुमा गाइडहरुमा सरोज परियार र छिरिङ भोटे तथा भरिया मिनबहादुर लामा रहेका छन् । कोरियाली पर्यटकहरुको नाम आइनसकेको आचार्यले बताइन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका-११ हिमालय र देउरालीबीचको हिंकुमा हिमपहिरो जाँदा तीन नेपाली गाइडसहित चार कोरियाली पर्यटक शुक्रवार दिउँसोदेखि सम्पर्कमा आउन सकेका छैनन् ।

सम्बन्धित समाचार