एमसीसी नेपालका लागि महत्वपूर्ण : सभापति देउवा

एमसीसीको विभिन्न क्षेत्रबाट विरोध भैरहेको अवस्थामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी नेपालको हितमा रहेका बताएका छन् । प्रेस यूनियनले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै उनले एमसीसी अमेरिकाको हालसम्मकै ठूलो सहयोग भएको हुँदा त्यसलाई नेपाल सरकारले फिर्ता जान दिन नहुने बताए ।

नेपालमा लगानी वृद्धि एवम् आर्थिक विकासमा तीव्रता ल्याउने उद्देश्यसहित नेपाल सरकारले अमेरिकासँग गरेको एमसीसी सम्झौँता विकासका लागि महत्वपूर्ण रहेको देउवाको दाबी छ । उनले अमेरिकी राजदूतावासले एमसीसी इन्डोप्यासिफिक जस्तो सैन्य गतिविधि सञ्चालन गर्ने रणनीति नभएको स्पष्ट पारिसकेको हुँदा भ्रममा नपर्न आग्रह गरे ।



एमसीसी पारित भए भोलि नेपालले भारतलाई विद्युत बेच्न सजिलो हुने देउवाले विश्वास व्यक्त गरे । उनले बुटवलदेखि दिल्लीसम्म भारतले ट्रान्समिसन लाइन बनाउन सुरु गरिसकेको जानकारी दिँदै त्यो रकमले नेपालको सडक निर्माण तथा विस्तारसमेतमा सहयोग पुग्ने बताए ।

सम्बन्धित समाचार