अब नेपाली बजारमा बिजी ग्रीन टी र बिजी हर्बल चिया

बिजी ग्रीन टी एण्ड बिजी हर्बल चिया सार्वजनिक गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले आफ्नै नामको ब्राण्ड ‘बिजी ग्रीन टी एण्ड बिजी हर्बल चिया’ सार्वजनिक गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बिजी, व्यवसायी अनुपा श्रेष्ठ, समाजसेवी तथा व्यवसायी पृथ्वी थकाली, सन्तोष श्रेष्ठ, लक्ष्मण राईमाझी, पशुपती शर्मा लगायका कलाकारले चियाको सार्वजनिक गरेका थिए ।



सो कार्यक्रममा बोल्दै रमेश बिजीले स्वास्थ्यका लागि एकदमै लाभदायक आफ्नै नामको बिजी ब्राण्ड अर्र्गािनक चिया बजारमा ल्याएको जानकारी गराउँदै गीत सङ्गीतमा जसरी सबैले माया गरेका छन्, त्यसरी नै यो क्षेत्रमा पनि सबैको माया पाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा अनुपा श्रेष्ठले बिजी ग्रीन टीलाई बजारमा ल्याउन पाएकोमा खुसी व्यक्त गर्दै नेपाली उत्पादनहरूबाट समेत बनेको बिजी ग्रीन टी स्वास्थ्यका लागि निकै फाइदाजनक भएकाले यसको देश विदेशमा पनि प्रचारप्रसार गर्नुपर्ने बताइन । उनले बिजी ग्रीन टिलाई नेपाली कागजमै प्याकिङ गरिएकोले यसबाट नेपाली कागजको पनि बजार विस्तार गर्न सकिने बताइन् । उनले बिजी ग्रीन टी स्वदेशमा मात्र नभएर विदेशमा रहेका आफ्ना आफन्त तथा साथीहरूलाई पठाउँन मिल्ने गरी सजीलो तरिकाले प्याकिङ गरिएको समेत बताइन् । साथै उनले रमेश बिजीले जसरी गीत सङ्गीतबाट समाजलाई योगदान दिएका छन्, अब त्यसरी नै व्यापारबाट पनि केही योगदान पुगोस् भन्ने अभिप्रायले आफूहरूले बिजी ग्रीन टीलाई बजारमा ल्याएको बताइन् ।

सम्बन्धित समाचार