अग्नि सापकोटालाई सभामुख बनाउने नेकपाको निर्णय

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतवार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले नेता सापकोटालाई सभामुख बनाउने निर्णय गरेको हो ।

यसअघि आजै बिहान नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सापकोटालाई सभामुख बनाउने सहमति भएको थियो । उक्त सहमतिलाई सचिवालय बैठकले अनुमोदन गरेको हो ।



सभामुखको निर्वाचन कार्यतालिका र उम्मेदवार चयनमा राजनीतिक सहमति नहुँदा गत पुस ११, १६ र २७ गतेका प्रतिनिधिसभाका बैठक स्थगन भई सोमवारका लागि तोकिएको छ ।

सम्बन्धित समाचार