पछिल्लो समय मोबाइल एपमार्फत दुईपाङ्ग्रे यात्रुवाहक सेवाप्रदायक सवारीको यात्रा गर्नेहरुको संख्या लाखमा छ । पठाओ, टुटल, सरर हुँदै जस्ता सेवाप्रदायक कम्पनी खोल्नेहरुको जमत बढिरहेको छ।
एक अनुसन्धान अनुसार पठाओ, टुटल, सरर जस्ता दुई पाङ्ग्रे सवारीमार्फत दैनिक ४५ हजारको हाराहारीमा सर्वसाधारणले यात्रा गरिरहेका छन् ।
यो सेवा प्रयोगका लागि एप डाउनलोड गर्नेको संख्या भने ११ लाखको हाराहारीमा छ । विशेषगरी विदेशबाट फर्किएका, देशमै बेरोजगार रहेका, युवा पिँढी, एउटै कामले रोजीरोटी नचलेकाहरु र रोजगारीको सिलसिलामा राजधानी पसेकाहरुका लागि यस्ता दुई पाङ्ग्रे सेवाप्रदायक सवारी आम्दानीको राम्रो स्रोत बनेको छ ।
कम्पनीले दिएको जानकारी अनुसार फुल टाइमरले बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म काम गर्दा २५ देखि ३० ट्रिपसम्म यात्रु ओसार्न सक्छ ।
यो भनेको उसले दिनमा ३ हजारसम्म आम्दानी गर्नु हो ।