प्रतिनिधि सभाकी उप सभामुख शिवमाया तुम्बाहाम्फेले राजिनामा दिएकी छन् । आज बसेको बैकठकमार्फत उनले राजिनामा घोषणा गरेकी छन् । उनले पदबाट राजिनामा दिएको घोषणा गर्दै सभामुख चयनका लागि मार्ग प्रसस्त गरेको बताइन् ।
उनले उपसभामुखको राजीनामा गर्न आफूले लिएको अडान अस्वभाविक महत्वकांक्षाबाट प्रेरित नभएको दाबी गरिन् । ‘मेरो अडानको समयले वस्तुनिष्ठ मूल्यांकन गर्ने छ भन्ने मेरो विश्वास छ,’ उनले भनिन् ।
सवैधानिक ओहोदामा बसुन्जेल दलको निर्देशन नहुने उनको भनाइ थियो । निकास दिनका लागि भएको छलफललाई आफूले सुक्ष्म रुपमा मूल्यांकन गरेको उनले बताइन् ।
संविधान अनुसार सभामुख चयन गर्न आफूले मार्ग प्रशस्त गर्ने निर्णय गरेको उपसभामुखले बताइन् । अर्को बैठक चार बजे बस्ने उनले जानकारी दिइन् ।
प्रतिनिधि सभाको अर्को बैठक आजै ४ बजे बस्ने गरेको घोषणा समेत गरेकी छिन् ।