सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद अग्नि सापकोटाले सभामुखमा उम्मेदवारी दर्ता गरेका छन् । उनले मंगलबार बिहान ल्होत्से हल, संघीय संसद भवनमा उम्मेदवारी दर्ता गराएका हुन् ।
नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ प्रस्तावक, नेकपाका सांसद देव गुरूङ, ओनसरी घर्तीमगर र राजपाका सांसद लक्ष्मणलाल कर्णको समर्थनमा उनले उम्मेवदारी दर्ता गराएका हुन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने सभामुख निर्वाचनमा पार्टीबाट उम्मेदवारी नदिने भएको छ ।
मंगलबार रिक्त सभामुख पदका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।
संसद सचिवालयले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय दिएको छ ।
मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखका लागि उम्मदवारी नदिने निर्णय गरेको हो ।
सभामुखमा उम्मेदवारी नदिने निर्णय भएको प्रमुख सचेतक बालकृष्ण खाँणले बताए ।