प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभामुख चयनका विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर छलफल गरेका छन् ।
मंगलबार विहान प्रचण्ड र पौडेलबीच खुमलटार निवासमा करीब ४० मिनेट सभामुख र उपसभामुखका विषयमा छलफल भएको हो । पौडेलले उपसभामुख कांग्रेसलाई दिन अध्यक्ष प्रचण्डलाई प्रस्ताव गरेको स्रोतले जानकारी दिएको छ । प्रचण्डले आफू सकारात्मक रहेको र पार्टीभित्र छलफल गरेर जवाफ दिने बताएका थिए ।
कांग्रेसले प्रचण्डसँग छलफल गर्न पौडेल पठाएपछि उनी खुमलटार पुगेको जनाइएको छ । । कांग्रेसले मंगलबार सभामुख पदमा उम्मेद्वारी नदिने निर्णय गरेको छ । सभामुख पदमा नेकपाका उम्मेद्वार अग्निप्रसाद सापकोटाले उम्मेद्वारी दर्ता गराएका छन् ।