‘शक्तिशाली राष्ट्रहरूले नेपाललाई सहयोगको नाममा कब्जा गर्न सक्ने आशंका’

राष्ट्रिय जनर्मोचा (राजमो) का अध्यक्ष चित्रबहादुर केसीले शक्तिशाली राष्ट्रहरूको आर्शिवादले सत्ता टिकाइरहनु दुःखद् भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै उनले एमसीसी लागु गर्नु भनेको सत्ता टिकाइरहनु र विदेशीलाई खुसी पार्नु मात्र भएकोले यस्तो गरिनु देशका लागि दुःखद् हुने बताएका हुन् ।

विदेशी सहयोगले मात्र देश झिलीमिली हुन्छ भन्नु भ्रम भएको भन्दै अध्यक्ष केसीले शक्तिशाली राष्ट्रहरूले नेपाललाई सहयोगको नाममा कब्जा गर्न सक्ने आशंका व्यक्त गरे । एमसीसी पारित गर्ने विषयमा प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दल लागेका सहमति भएको भन्दै उनले एमसीसीका शर्तहरूप्रति पनि ध्यान दिनुपर्ने बताए । साथै उनले एमसीसीका बारेमा नेकपाका केही नेताहरूले बुझेरै विरोध गरिरहेको पनि बताए ।



सिंहदरबारको अधिकारसँगै भ्रष्टचार पनि स्थानीय तहसम्म नै पुगेको अध्यक्ष केसीको भनाइ थियो । भ्रष्टचार गर्नमा अहिले संघीय सरकारदेखि स्थानीय सरकारसम्म प्रतिस्र्पधा चलेको भन्दै उनले देशको वर्तमान अवस्था यस्तो हुनुमा सत्तापक्ष र प्रतिपक्षी दुबै दोषी भएको आरोपसमेत लगाए ।

सम्बन्धित समाचार