गोष्ठीमा सहभागी हुन भनेर अमेरिका पुगेकी उपमेयर उतै ‘बेपत्ता’

गोष्ठीमा सहभागी हुन भनेर गत कात्तिकमा अमेरिका पुगेकी कालिकोटको तिलागुफा नगरपालिकाकी उपमेयर उतै ‘लुकेकी’ छन् ।

तिलागुफा नगरपालिकाकी उप्रप्रमुख (उपमेयर) दन्ता नेपाली (दर्शना) अमेरिकामै लुकेकी हुन् । नेपाल नगरपालिका संघमार्फत एउटा गोष्ठीमा सहभागी हुन भनेर उपमेयर दर्शना गत कात्तिकमा अमेरिका पुगेकी थिइन् ।



अमेरिका पुगेकी दर्शना केही समयसम्म सामाजिक सञ्जाल मार्फत नगरपालिकाका प्रमुख (मेयर) रत्नबहादुर बाहीसँग सम्पर्कमा थिइन् । तर, पछिल्लो १ महिनाभन्दा बढी समयदेखि उनी सम्पर्कविहीन भएकी मेयर शाहीले जानकारी दिए ।

‘शुरुमा म्यासेन्टरमार्फत उहाँ ९दर्शना०सँग कुरा भइरहन्थ्यो,’ मेयर शाहीले भने, ‘तर, मंसिरको दोस्रो साता यतादेखि भने कुरा भएको छैन ।’

नगरपालिकाका कर्मचारीहरुले भने मेयर दर्शना अमेरिकामै लुकेको चर्चा गर्न थालेका छन् । तर, मेयर शाही भने दर्शना उतै लुकेको हो या कुनै समस्यामा परेको हो भन्ने विषयमा अहिले नै केही भन्न नसकिने बताउँछन् ।

‘उहाँसँग मंसिर दोस्रो सातातिर कुरा हुँदा बिरामी छु भन्नुभएको थियो । उपचार सकिएपछि नेपाल फर्किन्छु भन्नुहुन्थ्यो,’ शाहीले सुनाए, ‘तर, १ महिनाभन्दा बढी भइसक्यो, उहाँसँग सम्पर्क भएको छैन । के कारणले उहाँ सम्पर्कमा आउन सक्नुभएन भन्ने कुरा पनि केही थाहा हुन सकेको छैन ।’

उपमेयर दर्शना नगरपालिका महासंघको केन्द्रीय सदस्य समेत हुन् । उनी तत्कालीन नेकपा माओवादी केन्द्रको उम्मेदवारका रुपमा तिलागुफा नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी थिइन् । तत्कालीन माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य रहेकी दर्शनालाई पार्टीले उपमेयरको उम्मेदवार बनाएको थियो ।

सम्बन्धित समाचार