मुक्तिनाथ विकास बैंक लि. र रेमिट टु नेपालबीच सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम रेमिट टु नेपालमा आएको रकम मुक्तिनाथ रेमिटको करिब ४००० एजेण्टबाट सजिलै भुक्तानी गर्न सकिनेछ ।
उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंक लि.को तर्फबाट बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र रेमिट टु नेपालका तर्फबाट नेपाल रेमिटका प्रबन्ध निर्देशक सन्तोष भेटवालले हस्ताक्षर गरेका थिए । यस सुविधाबाट बैंकका सेवाग्राहीहरूलाई थप लाभ हुने अपेक्षा गरिएको छ ।
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरूमार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरू प्रदान गर्दै आइरहेको बैंकबाट प्रेषित विज्ञप्तिमा उल्लेख गरिएको छ ।