नेपालगञ्जमा ग्राण्ड साइन्स फेस्टिभल हुने

आगामी फागुन ८ गतेदेखि नेपालगञ्जमा विज्ञान तथा प्रविधिको वृहत प्रदर्शनी एवं महोत्सव सुरु हुने भएको छ । लुकेर रहेका वैज्ञानिक प्रतिभा उजागर गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजक संस्थाहरू ए वन एजुकेशन एक्सप्रेस नेपालगञ्ज, ध्रवतारा एजुकेशन नेपालगञ्ज र ग्रेस इन्टरनेश्नल नेपालगञ्जलले जनाएका छन् ।

विज्ञान तथा प्रविधिको बृहत प्रदर्शनी एवम् महोत्सवको बारेमा जानकारी गराउन काठमाडौंमा विहीबार पत्रकार सम्मेलन गर्दै आयोजक संस्थाहरूले फागुन ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने ‘ग्राण्ड साइन्स फेस्टिभल’ को उद्घाटन शिक्षा, प्रविधि तथा विज्ञानमन्त्री गिरिराजमणि पोखरेलले गर्ने जनाइएको छ ।



‘राष्ट्र निर्माणका लागि विज्ञान तथा प्रविधि’ भन्ने मूल नाराका साथ आयोजना हुने उक्त महोत्सवमा विज्ञान र प्रविधिसँग सम्बन्धित तीनसय स्टलहरू रहने छन् भने प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदुर पश्चिम् प्रदेशका ३१ जिल्लाका सामुदायिक तथा निजी विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुले आफ्नो वैज्ञानिक प्रतिभा प्रदर्शन गर्ने छन् । साथै, विद्यार्थीहरुबीच विज्ञान र प्रविधिसँग सम्बन्धित कविता, वादविवाद र नाटकको प्रतियोगिता समेत गरिने उक्त महोत्सव तथा प्रदर्शनीमा नाष्ट र नार्कका वैज्ञानिकहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार