दीपक मनाङेलाई अनुसन्धानका लागि म्याद थप्ने तयारी

एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेपछि पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ(दीपक मनाङे)लाई अनुसन्धानका लागि म्याद थप गरिने भएको छ । मनाङेले मिलन गुरुङलाई दुईदिनअघि तीन झापड हानेका थिए । सोही जाहेरीका आधारमा उनलाई बिहीवार पोखराको लेकसाइडस्थित एक होटलबाट पक्राउ गरिएको थियो ।

मनाङेलाई सार्वजनिक अपराधमा मुद्दा चलाइने भएपछि अनुसन्धानका लागि म्याद थपको तयारी भइस्केको प्रहरीले जनाएको छ ।



कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले भने, “हामीले मुद्दा हेर्ने अधिकारी (सीडीओ) समक्ष म्याद थपका लागि पेस गर्छौं ।” उनले आजै म्याद थपका लागि उपस्थित गराइने बताए ।

सम्बन्धित समाचार