प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रकृयामा रहेको अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ ।
सापकोटालाई सभामुखमा निर्वाचन नगर्न भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका गरेका हुन् । त्रिपाठीले कर्तब्य ज्यान मुद्दाको अभियोग लागेका सापकोटालाई तत्काल सभामुखकमा निर्वाचन नगर्न माग गर्दै सर्वोचमा रिट दायर गरेका हुन् ।
उनलाई माघ १२ गते हुने प्रतिनिधिसभाको बैठकबाट निर्विरोध सभामुख घोषणा गर्ने तयारी छ । सापकोटा नेपाल कम्युनिष्ट पार्टीबाट एकल उमेदवार हुन् । सभामुख पदमा अरु कुनै दलले पनि उमेदवारी दिएका थिएनन् ।
सापकोटाविरुद्ध काभ्रेको छत्रबाँसका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप छ ।