सापकोटाविरुद्धको रिट हरि फुयालको एकल इजलासमा, सुनुवाइ शुरू हुँदै

प्रस्तावित सभामुख अग्नि सापकोटालाई सभामुख नबनाउन अन्तरिम आदेशको माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटको सुनुवाइ न्यायाधीश हरि फुयालको एकल इजलासमा तोकिएको छ।

त्रिपाठीले शुक्रवार सापकोटालाई तत्काल पक्राउ गरी उनीमाथि लागेको अभियोगमा छानबिन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। सापकोटालाई अदालतले पेशी तारिखमा आजै १० बजे हाजिर हुन भनेको थियो । सर्वोच्च प्रशासनका अनुसार एक इजलासको पहिलो नम्बरमै मुद्दाको पेशी परेकाले कार्यालय खुल्ने वित्तिकै सुनुवाइ शुरु हुनेछ।



प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले फुयालको एकल इजलासमा मुद्दाको पेशी तोकेका हुन्। काभ्रेका अर्जुन लामाको हत्या आरोप लागेका सापकोटामाथि यसअघि सर्वोच्चले घटनाको छानबिन गर्न आदेश दिएको थियो। माघ ७ गते सभामुखमा सापकोटाको एकल उम्मेदवारी परेपछि उनका विरुद्ध मानव अधिकारकर्मीले सडकमै उत्रेर विरोध जनाइ रहेका छन्।

सम्बन्धित समाचार