सभामुख सापकोटाको सपथ ११ बजे शितल निवासमा

प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दै छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विहान ११ बजे शितल निवासमा सपथ ग्रहण गराउने राष्ट्रपति कार्यालयले जनाएको छ ।

सापकोटा हिजो प्रतिनिधिसभा बैठकबाट निर्विरोध सभामुख निर्वाचित भएका हुन् । सपथ ग्रहणलगत्तै सभामुख सापकोटाले सिंहदरबारस्थित संसद सचिवालयमा पुगी आफ्नो कार्यभार सम्हाल्ने कार्यक्रमरहेको छ । भोलीदेखि प्रतिनिधिसभाको बैठक सभामुख सापकोटाले नै संचालन गर्नेछन् ।



तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासको आरोपमा पक्राउ परेपछि चार महिनादेखि सभामुख पद रिक्त रहेको थियो । सत्तारुढ नेकपाले निकै लामो आन्तरिक रस्साकस्सीपछि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । निर्वाचित भएलगत्तै सापकोटाले सभामुख पदको गरिमालाई ख्याल गर्दै तटस्थ, निश्पक्ष र सन्तुलित भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सम्बन्धित समाचार