बक्स अफिसमा आमिर र अक्षयको भिडन्त रोकियो !

बलिवुडका दुई ठुला सुपरस्टार आमिर खान र अक्षयकुमारका फिल्मको रिलिज एकै दिन नहुने भएको छ । आमिर खानको हाल काम भइरहेको फिल्म लाल सिंह चड्डा र अक्षयकुमारको फिल्म बच्चन पाण्डे यस बर्षको क्रिसमसमा रिलिज हुने तय भएको थियो ।

अब आमिर खानको अनुरोधमा अक्षयकुमार र फिल्मका निर्माता साजिद नाडियाडवालाले बच्चन पाण्डेको रिलिज मिति सार्दै २०२१ को जनवरी २१ पुर्याएपछि अब बक्स अफिसमा दुई अभिनेताको टक्कर नहुने भएको हो । अब २०२० को क्रिसमसमा आमिरको लाल सिंह चड्डाले सोलो रिलिज पाएको छ ।



आमिर खानले सामाजिक संजालमार्फत अक्षय र साजिद लाई आफ्नो अनुरोधलाई स्वीकार गर्दै फिल्मको रिलिज मिति सारेकोमा धन्यवाद दिएका छन् ।

फिल्म बचन पाण्डेमा अक्षयका अलावा कृति सेनन प्रमुख भूमिकामा छन् भने यसका निर्देशक फरहाद सामजी हुन् । त्यस्तै लाल सिंह चड्डा हलिवुड फिल्म फरेष्ट गंपको रिमेक हो । यसमा आमिर खानका अलावा करीना कपुरको प्रमुख भूमिका छ । यसको निर्देशन अद्वैत चन्दनले गरेका छन् ।

सम्बन्धित समाचार