आस्था राउतलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । अभद्र दुर्व्यवहार मुद्दामा राउतलाई म्याद थप गरी अनुसन्धान गर्न प्रशासनले अनुमति दिएको जिल्ला सरकारी वकील कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनालले जानकारी दिए ।

राउतले सोमबार बिहान महानगरीय प्रहरी कार्यालय काठमाडौंमा पुगेर आत्मसमर्पण गरेकी थिइन् । प्रहरीको खोजी सूचीमा रहेकी गायिका राउतलाई परिवारले प्रहरीमा हाजिर गराएको प्रहरीको दाबी छ ।



राउतविरुद्ध त्रिभुवन विमानस्थलमा कार्यरत् प्रहरीमाथि दुर्व्यवहार गरेको अभियोग छ । प्रहरी जवान रमिता श्रेष्ठले उनीविरुद्ध दुर्व्यवहारको उजुरी दिएकी हुन् ।

सम्बन्धित समाचार