जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।
देशको पश्चिमी भू-भागमा सामान्यदेखि पूर्ण बदली तथा पूर्वी र मध्य भूभागहरुमा आंशिक बदलीको अवस्था रहेको देखिएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मंगलबार देशको पश्चिमी र मध्य भूभागमा सामान्य बदली तथा पूर्वी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । पश्चिमी भू-भागका केही स्थानहरु र मध्य तथ पूर्वी भू-भागका १-२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।