हिरासतमा रहेकी राउतलाई राती लगियो ब्लु क्रस अस्पताल, उपचार हुँदै !

प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउतले प्रहरी हिरासतमा बस्न नमानेपछि प्रहरीले उनलाई उपचारका लागि भन्दै काठमाडौंको ब्लुक्रस अस्पतालमा भर्ना गरेको छ । बिरामी भएको भन्दै राउतलाई प्रहरीले त्रिपुरेश्वरमा रहेको ब्लुक्रस अस्पतालमा भर्ना गरेको स्रोतले जनाएको छ ।

आफन्तसहित महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी राउतलाई सोमवार बिहान प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिएको छ ।



अस्पतालले गायिका राउतलाई अस्पतालको चौथो तल्लामा ४२३ नम्बरको बेडमा राखेर उपचार भैरहेको जानकारी दिएको छ । डा सुभाषचन्द्र यादव नेतृत्वको टोलीले राउतको उपचार गरिरहेको जनाइए पनि के बिरामी भएको भन्ने बारेमा जानकारी दिइएको छैन ।

राउतमाथि प्रहरीमाथि दुव्र्यवहार गरेको आरोप छ । प्रहरी जवान रमिशा श्रेष्ठले उनीविरुद्ध जाहेरी दिएकी थिइन् ।

सम्बन्धित समाचार