‘साङ्लो’ को दोस्रो गीत सार्वजनिक : निकितालाई आँखा मार्दै विराज

अभिनेता विराज भट्ट निर्देशित तथा अभिनित फिल्म ‘साङ्लो’ को दोस्रो गीत सार्वजनिक भएको छ ।

‘चरीले काफल’ बोलको गीत र एक्सनले भरिएको ट्रेलरले दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियापछि निर्माण टिमले आइतवार फिल्मको ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीत सार्वजनिक गरेको हो । गीतको भिडियोमा विराज र निकिता चाण्डक फिचर्ड छन् ।



निशान भट्टराई र अञ्जु पन्तको स्वर रहेको गीतमा पुराना संगीतकार सुरेश अधिकारीले संगीत भरेका छन् । गीतका शब्द सृजना गायक भट्टराई आफैंले गरेका हुन् । रामजी लामिछानेको डान्स कोरियोग्राफी रहेको गीतको भिडियोमा विराज र निकिताको नृत्यले ध्यान खिचेको छ ।

यो गीतको हालसालै काठमाडौंमा छायांकन गरिएको हो । यो गीतबाट निर्माण टिमले निकै आश बोकेको छ । माघ २४ गतेबाट प्रदर्शन हुने फिल्ममा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, शिशिर भण्डारीलगायतका कलाकारको पनि अभिनय छ । शिवम अधिकारीको लेखनमा रहेको फिल्ममा श्री श्रेष्ठको एक्सन र मानकृष्ण महर्जनको छायांकन छ ।

गीतको भिडियो :

सम्बन्धित समाचार