प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । मंगलबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शर्माले सम्बोधन गर्न लागेका हुन् ।

नव निर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाइ दिनका लागि सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । सापकोटा आइतबार सभामुखमा निर्वाचित भएका थिए ।



यस्तै बैठकमा प्रधानमन्त्री केपी ओलीले न्याय परिषद् र न्याय सेवा आयोगका आ।व। ०७५–०७६ को वार्षिक प्रतिवेदन पेश, लोकसेवा आयोगको आ व ०७५–०७६ को वार्षिक प्रतिवेदनलगायतका प्रतिवेदन पेश गर्ने कार्यसूचीमा उल्लेख छ ।

सम्बन्धित समाचार